दोस्रो इन्स्योरेन्स डिस्कोर्श : निर्जीवन बीमा क्षेत्र सत्रकाे वक्तामा सानिमा जिआईसीका सीईओ सुधुम्न उपाध्याय सहभागी हुँदै


काठमाडौं– दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ मा वक्ताका रुपमा सानिमा जिआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुधुम्न उपाध्याय सहभागी हुने भएका छन् । छलफलको दोस्रो सत्र ‘निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोध’ शिर्षकमा हुने छलफलमा वक्ताका रुपमा उपाध्याय सहभागी हुने भएका हुन् ।

उपाध्यायसँग बीमा क्षेत्रमा दुई दशकभन्दा बढीको व्यावसायिक अनुभव छ । उनले त्रिभुवन विश्वविद्यालय काठमाडौंबाट व्यवस्थापनमा स्नातकोत्तर र एलएलबी गरेका छन् । उनी भारतको बीमा संस्थानबाट फेलो र चार्टर्ड बीमा संस्थान, बेलायतबाट डिप्लोमा गरेका हुन् । उनको पछिल्लो कार्यभार प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको प्रमुख कार्यकारी अधिकृत थियो ।

बैंकिङ्ग समाचार डट्कमको आयोजना तथा रिलायबल लाइफ इन्स्योरेन्सको मुख्य प्रायोजनमा पुष २५ गते दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ आयोजना हुने भएको हो । अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा कार्यक्रमको उद्घाटन गरिनेछ । उक्त कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ । मुख्यरुपमा सो कार्यक्रममा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरु, निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधहरु, बीमामा प्रविधिको उदय, चुनौती र अवसरहरु, नेपाली पुनर्बीमा बजारको सीमा विस्तार, व्यवसाय वृद्धिमा छलफल हुने छ । दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ ले बीमा क्षेत्रका समस्याहरुको समाधान खोज्न सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।