काठमाडौं – बीमा क्षेत्रको वर्तमान परिदृश्य र यस क्षेत्रको विकासका लागि नेपाल सरकारका प्रतिनिधि, बीमा क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, नियामक निकायका प्रतिनिधिहरू, व्यवसायी तथा सरोकारवालाहरूको उपस्थितिमा बैंकिङ्ग समाचार डटकम र बीमा प्राधिकरणको सहकार्यमा बृहत् बहस कार्यक्रम ‘द नेशनल नेशनल इन्स्याेरेन्स डिस्काेर्श’ काे दोस्रो संस्करण आयोजना हुन गइरहेको छ ।
डिस्काेर्शमा वक्ताका रूपमा रिलायबल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी सहभागी हुने भएका छन् । छलफलको पहिलो सत्रको ‘जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरू’ शीर्षकमा हुने छलफलमा वक्ताका रूपमा सहभागी हुने भएका हुन् ।
नारायण बाबु लोहनी बीमा क्षेत्रमा आउनुअघि एक दशकभन्दा बढी समयसम्म बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा संलग्न थिए । जुन समय उनले कम्पनीहरूको सफलतापूर्वक नेतृत्व गरी लगानीकर्ताहरूलाई उद्योगको औसतभन्दा बढी प्रतिफल प्रदान गर्न सफल भएका थिए । समग्रमा, उनीसँग नेपालको वित्तीय बजारमा २० वर्षभन्दा बढीको अनुभव छ।
वित्तीय क्षेत्रमा आएका लोहनीले आफ्नो कार्यकालमा रिलायबल फाइनान्स, शुभ लक्ष्मी फाइनान्स र नेपाल कन्जुमर डेभलपमेन्ट बैंक आपसमा गाभेर रिलायबल डेभलपमेन्ट बैंक बनाउन कुशल भूमिका निर्वाह गरे। लोहनी नेतृत्वमा रहेको समयमा रिलायबल डेभलपमेन्ट बैंकले सहायक कम्पनी रिलायबल माइक्रो फाइनान्स वित्तीय संस्था, रिलायबल क्यापिटल, रिलायबल रेमिट तथा जीवन बीमा व्यवसायको लागि रिलायबल लाइफ इन्स्योरेन्स लगायतका संस्थाको परिकल्पना गर्न सफल भयो ।
बैंकिङ्ग समाचार डटकमको आयोजना तथा रिलायबल लाइफ इन्स्योरेन्सको मुख्य प्रायोजनमा पुष २५ गते दोस्रो नेशनल इन्स्योरेन्स डिस्काेर्श २०२५ आयोजना हुने भएको हो । अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा कार्यक्रमको उद्घाटन गरिनेछ । उक्त कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरू, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहने छ ।
मुख्यरुपमा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरू, निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधहरु, बीमामा प्रविधिको उदय: चुनौती र अवसरहरू, नेपाली पुनर्बीमा बजारको सीमा विस्तार: व्यवसाय वृद्धिमा छलफल हुने छ । दोस्रो नेशनल इन्स्योरेन्स डिस्काेर्श २०२५ ले बीमा क्षेत्रका समस्याहरूको समाधान खोज्न सुधार गर्न महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया