यी हुन् पहिलो संस्करणको नेशनल इन्स्योरेन्स डिस्कोर्शमा समेटिएका मुख्य विषय

यी हुन् पहिलो संस्करणको नेशनल इन्स्योरेन्स डिस्कोर्शमा समेटिएका मुख्य विषय


काठमाडौं – गत वर्ष बैंकिङ्ग समाचार डटकम र बीमा प्राधिकरणको सहकार्यमा बृहत् राष्ट्रिय बीमा संवाद कार्यक्रम ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्श सम्पन्न भएको थियो । भाद्र १८ गते सोमबार काठमाडौंस्थित सोल्टी होटेलमा सम्पन्न भएकाे डिस्काेर्शमा बीमा क्षेत्रको वर्तमान अवस्था, बीमा व्यवसायप्रति अर्थमन्त्रालयको उत्सुकता, जनमासमा बीमाप्रतिको बुझाइ, अर्थतन्त्रमा बीमा क्षेत्रको महत्त्वपूर्ण पाटो, स्थिति र चुनौती लगायतका विषयमा सम्बन्धित निकायसँग बृहत् परिसंवाद गरिएको थियो । उक्त डिस्काेर्शमा मुख्यतः ४ सत्रहरूमा छलफल भएका थिए ।

पहिलाे संस्करणमा समेटिएका मुख्य सत्रहरू यी हुन्:

१. बीमा समावेशितामा संघीय सरकार र स्थानीय निकायबीचको सहकार्य
२. निर्जीवन बीमा क्षेत्रका चुनौती र नेपाली सन्दर्भमा यसका आयामहरू
३. नेपालमा जीवन बीमा कम्पनीहरूको प्रभाव,
४ नेपालमा बीमा कम्पनीहरूको सचेतना र डिजिटलाइजेशन

विभिन्न ४ सत्र रहेको उक्त समारोहमा ‘बीमा समावेशितामा संघीय सरकार र स्थानीय निकायबीचको सहकार्य’ शीर्षकको पहिलो सत्रमा नेपाल सरकारका पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेय, नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्य प्रसाद सिलवाल, नेपाल लाइफ इइन्स्योरेन्सका निर्देशक कमलेश कुमार अग्रवाल, गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जनको सहभागितामा बहस भएको थियो । ‘निर्जीवन बीमा क्षेत्रका चुनौती र यसका आयामहरू’ शीर्षकको दोस्रो सत्रमा नेपाल बिमा प्राधिकरणका निर्देशक सुशील देव सुबेदी, नेपाल इन्स्योरेन्स ब्ककयअष्बतष्यल का अध्यक्ष चंकी क्षेत्री, सानिमा जी आइ सी इन्स्योरेन्सका  प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्याय तथा भ्यालुयटरर सर्भयेर गजेन्द्र कुमार झाको सहभागितामा बहस भएको थियो ।

यसैगरी, ‘नेपाली समाज र अर्थतन्त्रमा जीवन बीमा कम्पनीहरूको प्रभाव’ शीर्षक रहेको तेस्रो सत्रको बहसमा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल अधिकारी, सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौड्याल, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली तथा इन्स्योरेन्सका विज्ञ तथा प्राध्यापक डा. फत्त बहादुर केसीको सहभागितामा रहेको थियो। तत्पश्चात् ‘नेपालमा बीमा कम्पनीहरूको डिजिटलाइजेसन’ शीर्षक रहेको सत्रमा सूर्य ज्योति लाइफ इन्स्योरेन्सका, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, मेट लाइफ इन्स्योरेन्सका उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत निर्मल काजी श्रेष्ठ, सिद्धार्थ प्रिमियर इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बहादुर बैद्वार क्षत्री तथा अरिहन्त सोलुसनका निर्देशक किशोर दाहालको सहभागितामा बहस भएको थियो।

कार्यक्रमको अन्तिम सत्रमा बैंकिङ्ग समाचारका राजु ढुंगेलले पोखरामा रहेका तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतसँग अनलाइन ‘डुओलग’ मार्फत विभिन्न सत्रमा उठेका बहसका मूल विषयहरूमा तत्कालीन अर्थमन्त्रीको दृष्टिकोण र जवाफ खोजेको थिए । पहिलो नेसनल इन्स्योरेन्स डिस्कोर्श  सम्पन्न भए पश्चात् बैंकिङ्ग समाचारले उक्त कार्यक्रममा उठेका मुख्य मुद्दा तथा सुझावलाई समेटेर तयार पारिएको विस्तृत प्रतिवेदन सरोकारवालाहरूको उपस्थितिमा तत्कालीन अर्थमन्त्री तथा नेपाल बीमा प्राधिकरणलाई हस्तान्तरण गरेको थियो ।