काठमाडौं– यही पुस २५ गते दोस्रो संस्करणको ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्श’ आयोजना हुने भएको छ । बैंकिङ्ग समाचार डटकम र नेपाल बीमा प्राधिकरणको संयुक्त आयोजनामा पुस २५ मा दोस्रो संस्करणको इन्स्योरेन्स डिस्कोर्श आयोजना हुने भएको हो ।
दोस्रो संस्करणको डिस्कोर्शमा मुख्यगरी ४ वटा सत्र रहनेछन् । जसमा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरू, निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधहरू र बीमामा प्रविधिको उदयः चुनौती र अवसरहरू नामक सत्र हुनेछन् । यसैगरी, नेपाली पुनर्बीमा बजारको सीमा विस्तारः व्यवसाय वृद्धिमा नवीनता नामक सत्र समेत हुनेछ । डिस्कोर्शको उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने भएका छन् ।
पहिलो संस्करणको डिस्कोर्शमा बीमा समावेशीतामा संघीय सरकार र स्थानीय निकायबीचको सहकार्य, निर्जीवन बीमा क्षेत्रका चुनौती र नेपाली सन्दर्भमा यसका आयामहरू, नेपालमा जीवन बीमा कम्पनीहरूको प्रभाव, नेपालमा बीमा कम्पनीहरुको सचेतना र डिजिटलाइजेशन सत्र सञ्चालन भएका थिए। बैंकिङ्ग समाचारले डिस्कोर्शबाट प्राप्त मुख्य मुद्दाहरू सम्बन्धित निकाय नेपाल बीमा प्राधिकरण र अर्थ मन्त्रालयमा बुझाएको थियो ।
प्रतिक्रिया