प्राइम लाइफ इन्स्योरेन्सको कामु प्रमुख अधिकृतमा निर्मल दाहाल नियुक्त

प्राइम लाइफ इन्स्योरेन्सको कामु प्रमुख अधिकृतमा निर्मल दाहाल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

प्राईम लाईफ ईन्स्योरेन्सको कामु प्रमुख कार्यकारी अधिकृतमा निर्मल दाहाल तोकिएको छ । मनोज कुमार भट्टराईको दोस्रो कार्यकाल असार मसान्तसम्म रहेको थियो । उनको समय सकिएकोले दाहाललाई जिम्मेवारी दिईएको हो । 

दाहालले हिमालय बैंकबाट बैकिङ्ग क्षेत्रमा प्रवेश गरेका थिए । उनी युकेएडले सपोर्ट गरेको गैर सहकारी संस्थामा पनि काम गरेको उनलाई अनुभव रहेको छ । साथै उनी त्यस संस्थामा ‘सक्षम एक्सेस टु फाईनान्स’ नामक कार्यक्रमको टीम लिडर भएका थिए ।