काठमाडौं – बैंकिङ्ग समाचार डटकम र बीमा प्राधिकरणको संयुक्त आयोजनामा हुने तथा रिलायबल लाईफको मूख्य प्रायोजन रहेको दोस्रो संस्करणको ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५’ को उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने भएका छन् । यही पुस २५ गने काठमाडौंको मेरियट होटलमा आयोजना हुने डिस्कोर्शको उद्घाटन अर्थमन्त्री पौडेलले गर्ने भएका हुन् ।
पुस २५ गते साढे १२ बजेदेखि हुने डिस्कोर्शमा कूल ४ वटा सत्र हुनेछन् । जीवन बीमा, निर्जीवन बीमा, पुर्नबीमा र बीमा क्षेत्रमा प्रविधिको प्रयोगसँग सम्बन्धीत सत्र हुनेछन् । ती सत्रमा विभिन्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत, बीमा प्राधिकरण र अर्थमन्त्रालयका प्रतिनिधहरुको सहभागिता तथा विभिन्न बीमा विज्ञहरुको समेत उपस्थिती रहनेछ । यसैगरी, भारतबाट दुई जना बीमा विज्ञ समेत डिस्कोर्शमा आउनेछन् ।
देशको बीमा उद्योगको दिगो विकास, स्थायित्व र प्रबद्र्धन तथा ग्रामिण तहसम्म पहुँच विस्तारमा सकरात्मक भूमिका खेल्ने लक्ष्यसहित बैंकिङ्ग समाचारले २०८० सालदेखि इन्स्योरेन्स डिस्कोर्श आयोजना गर्दै आइरहेको छ । यसअघि बैंकिङ्ग समाचारको आयोजनामा २०८० को भदौ १८ गते काठमाडौंको सोल्टी होटलमा डिस्कोर्श सम्पन्न भएको थियो ।
डिस्कोर्शका क्रममा नेपालमा जीवन र निर्जीवन बीमा कम्पनीहरुले भोग्दै आइरहेको समस्या र चूनौतीका विषयमा गहन छलफल भएको थियो । यस्तै, लक्ष्यबमोजिम बीमाको विस्तार हुन नसक्नुको कारण खोजी भएको थियो भने भावि दिनमा बीमाको पहुँच र व्यवसाय विस्तारमा सरोकारवाला निकायले खेल्नुपर्ने भूमिकाको विषयमा वृहत् छलफल भएको थियो ।
डिस्कोर्शको छलफलबाट निस्केको निष्कर्षलाई प्रतिवेदनकारुपमा तयार पार्दै आयोजक बैंकिङ्ग समाचारले अर्थमन्त्रालय र बीमा प्राधिकरणमा बुझाएको थियो । कार्यक्रम आयोजना गरेर दस्ताबेजकारुपमा प्रतिवेदन तयार पार्दै सरकारी निकायलाई बुझाउँदा भावि दिनमा नीति निर्माण र व्यवसायको दिगो प्रबद्र्धन तथा विकासमा महत्वपूर्ण सहयोग पुग्ने सम्बन्धीत निकायले बताएको थियो ।
प्रतिक्रिया