साताको शेयर बजार: ४३ अंकले परिसूचक घट्दा, कारोबार रकम १५ अर्बमा सीमित

साताको शेयर बजार: ४३ अंकले परिसूचक घट्दा, कारोबार रकम १५ अर्बमा सीमित


काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोहोरो अंक अर्थात्  २१ दशमलव १२ अंकको गिरावट देखिएको थियो  । नेप्सेमा दोहोरो अंकको गिरावट देखिएसँगै बजार  २,६०९ दशमलव ५८  को बिन्दुमा बन्द भयो थियो । यस्तै, यो साताको सोमबार तमु ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएकाले शेयर बजारमा कारोबार भएन । 

सोमबार बन्द रहेको बजारमा मंगलबार दोहोरो अंकको गिरावट देखियो । त्यसदिन नेप्से परिसूचक ३३ दशमलव ०८ अंकले घट्दा बजार २,५७६.५० शून्यको बिन्दुमा कायम भयो ।  मंगलबार घटेको बजारमा बुधबार भने झिनो अंकको सुधार देखियो । त्यसदिन बजार ५ दशमलव १० अंकले बढेर २,५८१ दशमलव ६० को विन्दुमा कायम भयो । साताको अन्तिम कारोबारको दिन बिहीबार पनि शेयर बजारमा सामान्य वृद्धि देखियो । बिहीबार ४ दशमलव ६३ अंकले बढ्दे बजार २५ सय ८६ दशमलव २३ को बिन्दुमा बन्द भयो । 

कुन दिन कति कारोबार ? 

आइतबार –  ५ अर्ब ४७ करोड रुपैयाँ
मंगलबार – ५ अर्ब ६७ करोड रुपैयाँ 
बुधबार– ३ अर्ब ५९ करोड रुपैयाँ
बिहीबार – ४ अर्ब ६० करोड रुपैयाँ

अघिल्लो हप्ताको अन्तिम कारोबारको दिन बजार ४.१९ अंकले बढेर २६३० दशमलव ७१ को बिन्दुमा बन्द हुँदा ५ अर्ब ३२ करोडको कारोबार भएको थियो । यस्तै, यो साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजारमा ४.६३ अंकको वृद्धि देखिँदा ४ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको छ । यो साता समग्रमा १५ अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको छ ।यस्तै, यो साता नेप्से परिसूचकमा ४३ दशमलव ९४ अंककाे गिरावट देखियो । गत साता समग्रमा १९ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।