सातामा प्रतितोला ३३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

सातामा प्रतितोला ३३ सय रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडाैं – याे साताकाे पहिलाे काराेबारकाे दिन आइतबार सुनकाे मूल्य अघिल्लो दिन अर्थात् शुक्रबारको तुलनामा प्रतितोला ५ सय रुपैयाँले घटेकाे थियाे । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला चार सय रूपैयाँ बढेको सुनको मूल्य आइतबार प्रतितोला पाँच सय रूपैयाँ घटेको हो।

त्यस्तै, आइतबार घटेको सुनको मूल्य सोमबार सामान्य बढ्यो । त्यसदिन सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेकाे थियाे । सोमबार ताेलामा ४ सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार प्रतितोला १ हजार रुपैयाँले घट्यो । यसैगरी बुधबार प्रतितोला १४ सय रुपैयाँले बढेको सुनको मूल्य बिहीबार ५ सय रुपैयाँले बढ्यो । यस्तै, शुक्रबार सुनको मूल्यमा २ हजार रुपैयाँको वृद्धि देखियो । 

कुन दिन कति थियो सुनको मूल्य ?

आइतबार १ लाख ५० हजार २ सय रुपैयाँ
सोमबार –  १ लाख ५० हजार ६ सय रुपैयाँ
मंगलबार– १ लाख ४९ हजार ६ सय रुपैयाँ
बुधबार–  १ लाख ५१ हजार रुपैयाँ
बिहीबार– १ लाख ५१ हजार ५ सय रुपैयाँ
शुक्रबार– १ लाख ५३ हजार ५ सय रुपैयाँ

यो साताको आइतबार घट्दा सोमबार सुनको मूल्यमा वृद्धि देखियो । मंगलबार घटेकाे सुनकाे मूल्य बुधबार, बिहीबार र शुक्रबार बढ्याे । आइतबार प्रतितोला  १ लाख ५० हजार २ सय रुपैयाँबाट सुरु भएको सुनको मूल्य शुक्रबारसम्म १ लाख ५३ हजार पाँच सय रुपैयाँ पुग्यो । समग्रमा यो साताको सुनको मूल्यमा ३३ सय रुपैयाँको वृद्धि देखिएको । अघिल्लो साता सुनको मूल्य प्रतिताेला ११ सय रुपैयाँले बढेकाे थियाे ।