बैंकिङ्ग क्षेत्रले खेपिरहेका चुनौतीलाई दीर्घकालीन समाधान खोज्न आवश्यक छ : राजेश उपाध्याय

बैंकिङ्ग क्षेत्रले खेपिरहेका चुनौतीलाई दीर्घकालीन समाधान खोज्न आवश्यक छ : राजेश उपाध्याय


काठमाडौं – बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) का वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले पछिल्लो समय बैंकिङ्ग क्षेत्रले खेपिरहेका चुनौतीलाई दीर्घकालीन समाधान खोज्न आवश्यक रहेको बताएका छन् ।

सीबीफीनको पाँचौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले बैंकिङ्ग क्षेत्रले खेपिरहेका चुनौतीलाई दीर्घकालीन समाधान खोज्न कठिन भएको बताए ।

उपाध्यक्ष उपाध्यायले बैंकमा कार्यरत जनशक्ति पलायन भैरहेको र जनशक्ति पलायन रोक्न सबै एक भएर काम गर्नुपर्नेमा जोड दिए । बैंकिङ्ग क्षेत्रको विश्वसनीयता कायम राखी थप विश्वसनीयता बढाउनुपर्ने उपाध्यायकाे भनाइ छ ।