काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेडको १८औं वार्षिकोत्सवको अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रममा ७५७ जनाले रक्तदान गरेका छन् । ग्लोबल आईएमई बैंक १८ पुसदेखि १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले सातै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमका साथै निःशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण कार्यक्रम सञ्चालन गरेको थियो ।
कोशी प्रदेशको तीनपैनी शाखा, मधेश प्रदेशको जनकपुर शाखा, बाग्मती प्रदेशको कान्तिपथ शाखा र नारायणगढ शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशको मिलनचोक बुटवल शाखा र नेपालगञ्ज शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।
कार्यक्रममा ७५७ रक्तदाताहरूले रक्तदान गरेका छन् । यसैगरी, ११९ जनाको आँखा जाँच गरिनुका साथै २०० जनाको रक्तचाप तथा मधुमेहको परीक्षण गरी आवश्यक परामर्श प्रदान गरिएको बैंकले जनाएको छ ।
प्रतिक्रिया