काठमाडौं – कुमारी बैंक लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनी गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।
बैंकको पुस १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउन निर्णय गरेको हो ।
प्रतिक्रिया