काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढेसँगै आज सुन प्रतितोला दुई हजार रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेसँगै आज सुन प्रतितोला एक लाख ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला एक लाख ५१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला एक हजार आठ सय १० रुपैयाँमा कारोबार हुनेछ ।
प्रतिक्रिया