काठमाडौं – नेपाल बीमा प्राधिकरणले ठूलो संख्यामा कर्मचारी माग गरेकाे छ । प्राधिकरणले कार्यक्षमताको मूल्याङ्कन र आन्तरिक प्रतियोगिताद्वारा बढुवा र खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी कर्मचारी माग गरेकाे हाे ।
प्राधिकरणले कार्यक्षमताको मूल्याङ्कनद्वारा कार्यकारी निर्देशकमा १ जना, निर्देशकमा ४ जना, उपनिर्देशकमा ३ जना र उपनिर्देशक (कानून) मा २ जनाको बढुवा गर्ने र आन्तरिक प्रतियोगिताद्वारा उपनिर्देशक पदमा १ जनाको बढुवा गर्ने आवेदन खुलाएकाे छ ।
त्यसैगरी खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी १४ जनाको लागि दरखास्त आह्वान गरेको छ । प्राधिकरणले सहायक निर्दशकमा ५ जना, सहायक निर्देशक (कानून) मा ५ जना र सहायक प्रथममा ४ जनाका लागि आवेदन खुलाएको हो।
यसमा योग्य तथा इच्छुक व्यक्तिले माघ १८ गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ २५ गतेसम्म आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया