काठमाडाैं – पछिल्लो समय बैंकिङ्ग निक्षेप र कर्जा प्रवाह दुवै बढेको छ । केन्द्रीय बैंककाे पुष १६ गतेकाे तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ७८ अर्ब निक्षेप संकलन भएकाे छ । अघिल्लाे बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ७६ अर्ब निक्षेप संकलन भएकाे थियाे ।
यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाहरूमा हुने निक्षेप संकलन पनि बढेको छ । पुष १५ गते ५९ खर्ब ३९ अर्ब संकलन गरेका वाणिज्य बैंकहरुले १६ गते ५९ खर्ब ४१ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका छन् । समीक्षा अवधिमा कर्जा प्रवाहमा उलेख्य सुधार देखिएकाे छ । पुष १५ गते ५३ खर्ब ५२ अर्ब कर्जा प्रवाह भएकोमा पुष १६ गते ५३ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।
साे अवधिमा वाणिज्य बैंकहरूबाट हुने कर्जा प्रवाहमा पनि बढेको छ । पुष १५ गते ४७ खर्ब ४१ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले १६ गते ४७ खर्ब ५२ अर्ब कर्जा प्रवाह गरेका छन् । केन्द्रीय बैंकका अनुसार सो समयमा सीडी रेसियो ७९ दशमलव ०१ प्रतिशत रहेको छ । त्यस्तै, सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ ।
प्रतिक्रिया