मौद्धिक नीति पश्चात् गभर्नर अधिकारी बिदामा बस्ने संकेत 

मौद्धिक नीति पश्चात् गभर्नर अधिकारी बिदामा बस्ने संकेत 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।

एम.अधिकारीको नामबाट बिवादमा रहेका गभर्नर महाप्रसाद अधिकारीले मौद्धिक नीति पश्चात बिदामा बस्ने संकेत गरेका छन् । नेकपा एमालेको अर्थ तथा योजना आयोगमा एम अधिकारी नामक नाम रहेको र उक्त नाम गभर्नर अधिकारीको नै भएको भन्दै सदन देखि सडक सम्म बिरोध भईरहेको छ ।

आगामी आर्थिक बर्ष २०७९/८० को मौद्धिक नीति सार्वजनिक गर्ने तयारी रहेको बेला उनको राजिनामाको माग भईरहदाँ उनी समस्यामा परेका हुन् । 
साथै, प्रधानमन्त्री शेर बहादुर देउवाले बालुवाटार मै बोलाएर राजिनामा माग गरेका थिए । तर मौद्धिक नीतिको समय भएकोले हाललाई उनी राजिनामा नदिने पक्षमा छन् । मौद्धिक नीति पश्चात बिदा बस्ने मुडमा अधिकारी रहेको छन् । र यस बिषयमा छानबिनको लागि सरकारलाई सघाउने भनेका छन् ।

त्यस्तै, गभर्नर अधिकारीले एम अधिकारी आफ्नो नाम नभएको र एमालेको कुनै पनि बिभागमा आफु नरहेको समेत स्पष्ट पारेका थिए । तर पनि माओवादी केन्द्रले एम अधिकारी गभर्नर अधिकारीको छन्द्र नाम रहेको बताउँदै राजिनामा दिनुपर्ने बताउदै आएको छ ।