काठमाडौं – साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजारमा झिनो अंकको वृद्धि देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ४ दशमलव ६३ अंकको वृद्धि देखिएको छ ।
अंकले बढेर २,५८६ को विन्दुमा कायम भएको छ । आज १५६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ कम्पनीको मूल्य घटेको छ । आज ३१५ कम्पनीको १ करोड ८६ हजार ७०५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६० करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर किनबेच भएको छ ।
आज यस कम्पनीको ४६ करोड १७ लाख रुपैयाँको संस्थापक शेयर किनबेच भएको छ । न्यादी हाइड्रोको २० करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ११ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै न्यादी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९६ प्रतिशतका दरले कमाएका हुन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशलमव ९० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानकिर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् । बिहीबार आठ उपसूचकमा हरियाली देखिएको छ । आज विकास बैंक समूहको २.४० प्रतिशत, फाइनान्स समूहको ०.४१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६९ प्रतिशत, हाइड्रोपावर समूहको १.८७ प्रतिशतले शेयर मूल्य बढेको छ।
प्रतिक्रिया