प्रभु र युनाइटेड इन्स्योरेन्स मर्जरमा जानको लागि अन्तिम तयारी, आज निर्णय हुने 

प्रभु र युनाइटेड इन्स्योरेन्स मर्जरमा जानको लागि अन्तिम तयारी, आज निर्णय हुने 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठडमौ ।

दुई निर्जीवन कम्पनी प्रभु इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स मर्जरमा जानको लागि अन्तिम तयारी गरेका छन् । यी दुई कम्पनी एक हुने जनाएको छ ।
आज नै मर्जरको लागि औपचारिकता पुरा गर्ने सम्भावना रहेको छ ।

प्रभु इन्स्योरेन्सको कुल चुक्ता पूँजी १ अर्ब १६ करोड र युनाइटेड इन्स्योरेन्सको कुल चुक्ता पूँजी २ अर्ब १९ करोड रहेको छ । 
बीमा कम्पनीले असार मसान्त भित्रै मर्जरमा जानको लागि दवाद दिएको छ । भने आर्थिक बर्ष २०७९ चैत मसान्तभित्र कुल पुँजी २ अर्ब ५० करोड पुर्याउन निर्देशन दिएको थियो । जसमा यी कम्पनी एक भएपनि ३० करोडको जोहो कम्पनीले गर्नुपर्ने देखिन्छ । 

मर्जरमा गएपछि ३० प्रतिशत सेयर सर्बसाधारणको लागि हकप्रद सेयर निकाल्नु पर्ने व्यवस्था रहेको छ ।