प्रभु लाईफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का 

प्रभु लाईफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

प्रभु लाईफ ईन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का भएको छ । महालक्ष्मी र प्रभु लाईफ ईन्स्योरेन्स गाभिने भएपछि उक्त कम्पनीको सेयर कारोबार रोक्का भएको हो । 

महालक्ष्मी र प्रभु बिच सहमति पत्रमा हस्ताक्षर भएकोले नेप्सेमा प्रभु लाईफको सेयर कारोबार रोक्का भएको हो । यी दुई कम्पनी बीच बिहिबार गाभिने सम्झौता भएको हो । 
हाल प्रभु लाईफको चुक्ता पूँजी २ अर्ब छ भने, महालक्ष्मीको १ अर्ब ४० करोड रहेको छ ।