काठमाडौं – बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको बोनश शेयर सुचीकृत भएको छ । नेप्सेमा हाथवे इन्भेष्टमेण्ट नेपाल र सिटिजन्स बैंकको बोनश शेयर सूचिकृत भएको हो ।
हाथवे इन्भेष्टमेण्ट नेपालको १० प्रतिशत बोनश वापतको २५ लाख ७४ हजार कित्ता र सिटिजन्स बैंकको ४ प्रतिशत बोनश बापतको ५६ लाख ८९ हजार ३ सय ८९ कित्ता बोनश शेयर नेप्सेमा सूचिकृत भएको छ।
अब उक्त शेयर भोली बिहीबारबाट दोस्रो बजारमा खरिदबिक्री गर्न सकिनेछ ।
प्रतिक्रिया