काठमाडौं – अङ्ग्रेजी नयाँ वर्ष २०२५ को सुरुवातसँगै प्रभु बैंक लिमिटेडले विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्वचालित काउन्टर प्रभु डिजिटल क्युब सञ्चालनमा ल्याएको छ ।
उक्त काउण्टरमार्फत क्यास डिपोजिट, क्यास रिसाइक्लिङ, चेक डिपोजिट, स्टेटमेन्ट प्रिन्टिङ, एटीएम तथा नगद जम्मा गर्न, क्लियरिङ चेक जम्मा गर्न, खाताको स्टेट्मेण्ट प्रिन्ट गर्न सकिनेलगायतका सेवाहरू आफैले प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यस सेवाको सुरुवातसँगै कार्यालय समय कुरेर काउण्टरमा लाइन लागी बैंकिङ्ग सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको छ । हाल यो सेवा बैंकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकताअनुसार अन्य स्थानमा समेत बिस्तार गरिनेछ । साथै, यस नवीनतम सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउने बैंकले विश्वास लिएको छ ।
प्रतिक्रिया