ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले हाल कायम शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी संस्थापक शेयर बिक्रीमा ल्याएको हो । 

शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको शेयर विवरण खुलाई बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ । बैंकले बिक्रीमा राखिएको कित्ता भने खुलाएको छैन ।