दोर्दी खोला जलविद्युतको दोस्रो बजारमा कारोबार सुरु

दोर्दी खोला जलविद्युतको दोस्रो बजारमा कारोबार सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

दोर्दी खोला जलविद्युत कम्पनीको सेयर बिहीबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ । कम्पनीको सेयर डिओआरडीआई कारोबार संकेतमा कारोबार आएको हो ।

नेप्सेमा कम्पनीको पहिलो कारोबार १० कित्ता सेयर प्रतिकित्ता ३०७ रुपैयाँ १० पैसामा भएको छ ।  दोर्दी खोला जलविद्युत कम्पनीको सेयर कारोबारका लागि नेप्सेले न्यूनतम १०२ रुपैयाँ ३९ पैसा देखि अधिकतम ३०७ रुपैयाँ १७ पैसासम्मको ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो ।

असार २९ गते कम्पनीको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो । कारोबारको एक घण्टा अवधिमा कम्पनीको ७० हजार ३६९ कित्ता सेयर २ करोड २६ लाख ७० हजार रुपैयाँमा खरिद बिक्री भएको छ ।