ज्योति विकास बैंकका ग्राहकहरुलाई दुषित थानी हिमालयन रिसोर्टमा विशेष छुट दिने सम्झौता

ज्योति विकास बैंकका ग्राहकहरुलाई दुषित थानी हिमालयन रिसोर्टमा विशेष छुट दिने सम्झौता


काठमाडौं – ज्योति विकास बैंकले धुलिखेलस्थित ‘दुषित थानी हिमालयन रिसोर्ट धुलिखेल’ मा बैंकका ग्राहकहरूलाई १५ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौतापश्चात् बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस रिसोर्टले खाना तथा पेय पदार्थ, देवराना वेल्ल्नेस स्पा, स्वीमिङ पुल, ज्याकुजी, स्टीम र साउना जस्ता सुविधाहरूमा ज्योति विकास बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्ने व्यवस्था गरेको छ ।

बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।