काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुष १३ गते बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ७३ अर्ब निक्षेप संकलन भएको छ । अघिल्लो दिन पनि बैंकिङ्ग प्रणाली सा ६६ खर्ब ७३ अर्ब रुपैयाँ नै निक्षेप संकलन भएको थियो ।
यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाहरूमा हुने निक्षेप संकलन स्थीर रहेको छ । पुष १२ गते ५९ खर्ब ३९ अर्ब संकलन गरेका वाणिज्य बैंकहरुले १३ गते पनि सोही रकम बराबरको निक्षेप संकलन गरेका थिए । सो समयमा कर्जा प्रवाहमा भने गिरावट देखिएको छ । पुष १२ गते ५३ खर्ब ४९ अर्ब कर्जा प्रवाह भएकोमा पुष १३ गते ५३ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।
समीक्षा अवधिमा वाणिज्य बैंकहरुबाट हुने कर्जा प्रवाह स्थिर रहेको छ । पुष १२ गते ४७ खर्ब ३८ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले १३ गते पनि सोही रकम बराबरको कर्जा प्रवाह गरेका छन्। केन्द्रीय बैंकका अनुसार सो समयमा सीडी रेसियो ७८ दशमलव ८५ प्रतिशत रहेको छ । त्यस्तै, सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ ।
प्रतिक्रिया