काठमाडौं – साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजारमा दोहारो अंकको गिरावट देखिएको छ। आज शेयर मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३३ दशमलव ०८ अंकको गिरावट देखिएको हो । दोहोरो अंकले परिसूचक घटेसँगै बजार २,५७६ को विन्दुमा कायम भएको छ । आज २८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको मूल्य घटेको छ ।
आज दिनभरिमा ३०८ कम्पनीको १ करोड ३१ लाख ७४ हजार ३७९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै प्रभु बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
नेपाल फाइनान्सको १७ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको १४ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ०१ प्रतिशतका दरले कमाएका हुन् । उपकार लघुवित्तका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । निफ्राका लगानीकर्ताले ३ दशलमव ३२ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स, जानकी फाइनान्स र पोखरा फाइनान्सका लगानकिर्ताले गुमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । यसदिन विकास बैंक र फाइनान्स कम्पनीको शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट देखिएको छ । आज विकास बैंक समूहको २.७७ प्रतिशत र फाइनान्स समूहको ५.१९ प्रतिशतले शेयर मूल्य घटेको छ ।
प्रतिक्रिया