काठमाडौं – नेपालमा औषधि उत्पादनका क्षेत्रमा के भइरहेका छन् ? कस्ता कम्पनीले औषधि उत्पादन गरिरहेका छन् भन्ने सवालमा हाल छुटाउनै नहुने कम्पनी जोडिएको छ जुन कम्पनी हाे, ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड। झन्डै सवा अर्ब लगानीमा सुरु भएको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको उत्पादन कारखाना चितवनको जुगेडीमा रहेको छ। कम्पनीले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को जिएमपी (असल उत्पादन अभ्यास) मापदण्ड पूरा गर्दै औषधि उत्पादन सुरु गरेको छ ।डेडिकेटेड एएचयू, अत्यधिक उत्पादन क्षमता, आधुनिक प्रविधिमैत्री डिपार्टमेन्टहरू र दक्ष जनशक्ति यस कम्पनीका खास विशेषता हुन्। विक्रम संवत् २०७३ साल जेठ ३० गते प्राइभेट लिमिटेडका रूपमा सुरु भएको ओम मेगाश्री २०७९ मा पब्लिक कम्पनीका रूपमा रूपान्तरण भयो ।
सुरुवाती चरणमै ३ लाख २८ हजार ५२ वर्ग फिटमा फैलिएको यस कम्पनीले फर्मास्युटिकल्स क्षेत्रमै नयाँ आयाम ल्याएको छ । स्वास्थ्य र राष्ट्रका लागि एक संकल्प नारासहित नेपाली उपभोक्ताका लागि युरोपियन मापदण्डका औषधि उत्पादन गर्ने ओम मेगाश्री फर्मास्युटिकल्सको प्रतिबद्धता छ । कम्पनीले हालसम्म ५३ प्रकारका औषधिहरू उत्पादनको अनुमति पाइसकेको कम्पनीले प्रारम्भमै विभिन्न किसिमका डेढ दर्जन औषधि बजारमा बजारीकरण गरिसकेको छ ।
जुन कम्पनी गैर आवासीय नेपाली, लामो समयदेखि औषधि व्यवसायमा रही सो क्षेत्रको विज्ञता हासिल गरेका उद्यमी व्यवसायी तथा विशेषज्ञ डाक्टरहरूले स्थापना गरेका हुन् । कम्पनीले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को जिएमपी (असल उत्पादन अभ्यास) मापदण्ड) पूरा गर्दै औषधि उत्पादन सुरु गरेको छ । डेडिकेटेड एएचयू, अत्यधिक उत्पादन क्षमता, आधुनिक प्रविधिमैत्री विभागहरू र दक्ष जनशक्ति यस कम्पनीका खास विशेषता हुन् ।
औषधि आयातलाई प्रतिस्थापन गर्दे देशभित्रको औषधि आवश्यकतालाई परिपूर्ति गर्ने टेवा पुर्याउने स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग गरी दक्ष जनशक्तिलाई रोजगारीमा आबद्ध गर्ने, औषधि उत्पादनमा आवश्यक पर्ने जडीबुटी, कच्चा पदार्थमा प्रोत्साहन गर्ने समग्र राष्ट्रको औषधि व्यापार घाटालाई न्यूनीकरण गर्दै स्वदेशी उत्पादन र सोही उत्पादन प्रयोगमा आत्मनिर्भर बनाउने जस्ता योजना कम्पनीको छ ।
देशको औषधि व्यापार घाटालाई न्यूनीकरण गर्नु, औषधि आयातको दरलाई कम गर्दे उपभोक्ताहरूका लागि गुणस्तरीय एवम् सर्वसुलभ औषधि सेवा प्रदान गर्नु, निकट भविष्यमा औषधि निर्यात गर्नु, रिसर्च एन्ड डिभलपमेन्टमा आफ्नो क्रियाशीलतालाई वृद्धि गर्दे नवीनतम प्रविधि, गुणस्तर र स्वस्थ प्रतिस्पर्धाका साथ एक सफल ग्लोबल फर्मास्यिुटिकल्स कम्पनीको खास लक्ष्य हुन् ।
यस्ताे छ कम्पनीको उद्देश्य
कम्पनीले एलोपेथिक तथा आयुर्वेदिक औषधिहरू आयात तथा उत्पादन गरी बिक्री–वितरण गर्नुका साथै सर्जिकल समान, भिटामिन तथा मिनरल्सजन्य वस्तुको बिक्री वितरण तथा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । यस्तै, स्वदेशी तथा विदेशी औषधी तथा सर्जिकल सामान उत्पादक कम्पनीहरूको एजेन्सी, डिलर सीप लिई काम गर्ने, सरकारी तथा गैरसरकारी सङ्घ– संस्था, अस्पतालका साथै अन्य निकायहरूमा औषधि तथा सर्जिकल सामानहरू सप्लाई गर्ने तथा टेन्डरमा भाग लिने कम्पनीको उद्देश्य रहेको छ ।
यसैगरी,औषधिजन्य तथा स्वास्थ्य क्षेत्रमा उपयोगी विभिन्न किसिमका जडीबुटीहरूको सङ्कलन तथा प्रशोधन गर्ने गराउने, औषधि उपचार, स्वास्थ्यसँग सम्बन्धित विभिन्न तहका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने , विभिन्न किसिमका भ्याक्सिन, ब्लड प्रडक्ट औषधिजन्य कच्चा पदार्थ, फुड सप्लिमेन्ट, जुसलगायतका सामग्रीहरूको उत्पादन, आयात तथा खरिद बिक्री गर्ने लगायत कम्पनीले उद्देश्य राखेको छ ।
कम्पनीको उद्घाटन गर्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले अपनाएका प्रविधि र नवीनताहरूले औषधि उपभोक्ताका मागहरू पूरा गर्न सक्षम हुने विश्वास लिएको बताए । औषधि उत्पादन क्षेत्रमा पछिल्लो डेढ दशक यता नेपालमा राम्रो प्रगति भएको बताउँदै सभामुख घिमिरेले नेपालजस्तो मुलुकमा औषधि उत्पादन तथा बजार व्यवस्थापन विकसित मुलुकको तुलनामा निकै पछाडि रहेको उल्लेख गरे । ‘धेरै क्षेत्रमा शतप्रतिशत आयातमा भर पर्नुपर्ने अवस्थाकाबीच पनि कुल मागको झन्डै ५० प्रतिशत स्वदेशी उद्योगको उत्पादनले धानिरहेको अवस्था छ । यो अवस्था सुखद छ, तर अझै सुधार गर्नुपर्ने आवश्यकता देखेको छु,’ उनले भने ।
कम्पनीको उद्घाटनमा पुगेका पूर्व स्वास्थ्य मन्त्री पदम गिरी र गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री किरण गुरुङले स्वदेशी औषधिलाई प्रवर्द्धन गर्न नीतिगत व्यवस्था नै लगानीमैत्री हुनुपर्नेमा जोड दिए । उनीहरूले औषधिमा भएको लगानी खेर जान नदिन आयातमा भएको खुलापनमा पुनर्विचार गर्नुपर्ने बताए । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले गुणस्तरीय स्वदेशी औषधि उद्योगको भविष्य राम्रो रहेको बताउँदै कम्पनीलाई शुभकामना दिए । कार्यक्रममा चिकित्सक सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्की, गैर आवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसी, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलगायतले ओम मेगाश्रीलाई सफलताको शुभकामना व्यक्त गरे ।
मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने औषधि उत्पादनमा जोड दिनेछौँ
ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने औषधिमा आम समुदायको चासो र लगानी प्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्दै गुणस्तरीय औषधिमा जनताको प्रत्यक्ष पहुँच स्थापित गर्न तथा निर्यातको ठोस कार्य योजनासहित अगाडि बढ्नुलाई प्रमुख दायित्व ठानेको बताए ।
हामी उक्त दायित्वलाई मूर्त रूप दिन मन, वचन र कर्मले समर्पित छौँ । सरकारलाई निजी क्षेत्रबाट उत्पादित औषधिले ठुलो टेवा पुर्याइहरेको छ । यसमा ओम मेगाश्रीले विशेष योगदान दिने कुरामा हामी विश्वस्त रहेको निवेदन गर्दछौँ,’ उनले भने, ‘देशलाई औषधि उत्पादन, वितरण र निर्यात व्यवस्थामा समेत आत्मनिर्भर बनाउन र जनताको प्रत्यक्ष–परोक्ष उपस्थिति अनिवार्य रहेको तथ्यलाई आत्मसात् गरी यसमा सर्वसाधारण जनताको समेत लगानीको परिकल्पना गरिएको छ ।’
(कम्पनीको बुलेटिनबाट साभार )
प्रतिक्रिया