काठमाडाैं – रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम अर्थात् आरजीटीएस एउटा बैंकबाट अर्को बैंकमा तुरुन्तै रकम भुक्तानी गर्ने प्रणाली हो । केन्द्रीय बैंकले मंगलबार (आज) वित्तीय सन्देश जारी गर्दै यस विषयमा जानकारी दिएकाे हाे । आरटिजिएस एक फन्ड ट्रान्सफर प्रणाली हाे जसबाट एक बैंकबाट अर्काे बैंकमा फन्ड ट्रान्सफर ‘रियल टाइम’ मा र ‘ग्रस’ लेनदेनकाे आधारमा कुनैपनि ट्रान्जेक्सनको bundling वा netting नगरी ट्रान्सफर गरिन्छ ।
यो सिस्टममा एक व्यक्ति वा संस्थाले अर्को व्यक्ति वा संस्थालाई रकम भुक्तानी गर्नुपरेको खण्डमा भुक्तानी गर्नेले सामान्यः फारम भरेर रकम भुक्तानीका लागि आग्रह गरेपछि पाउनेले एकै क्षणमा बैंक खातामा भुक्तानी पाउँछ । तुरुन्तै भुक्तानी हुने भएकाले यसलाई रियल टाइम ग्रस सेटलमेन्ट भनिएको हो।
आरटिजिएस प्रणालीबाट दुई लाख वा सोभन्दा बढी जतिसुकै रकमको भुक्तानी गर्न सकिन्छ । यस प्रणालीबाट कारोबार गर्न आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम भुक्तानीसम्बन्धी आदेशसहितको विवरण खुलाई बुझाउनुपर्दछ । त्यसरी प्राप्त भएको भुक्तानी आदेश बैंक तथा वित्तीय संस्थाले आरटिजिएस प्रणालीमा प्रविष्टि गरेपछि तुरुन्त कारोबार सम्पन्न हुन्छ ।
यस प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाको कुनै पनि शाखाबाट आरटिजिएस कारोबार गर्न सकिन्छ । ठुलो रकमको कारोबार अन्य भुक्तानी उपकरणहरू (जस्तै ECC, IPS) बाट गरेमा तत्कालै सम्बन्धित ग्राहकको खातामा जम्मा नभई केही समयको अन्तरालमा मात्र जम्मा हुन्छ भने आरटिजिएस मार्फत गरिएका कारोबारहरू तत्काल नै सम्बन्धित ग्राहकको खातामा जम्मा हुने गर्दछ ।
प्रतिक्रिया