काठमाडौं – यतिबेला बजारमा ७ खर्ब ३० अर्ब रुपैयाँ नगद परिचालन भइरहेको केन्द्रीय बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को कात्तिकसम्मको तथ्यांकबाट यस्तो देखिएको हो।
तथ्यांकअनुसार मंसिरसम्म बजारमा ७ खर्ब ३० अर्ब २८ करोड रुपैयाँ नगद परिचालन रहेको छ। गत असारसम्म बजारमा ६ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ नगद परिचालन रहेको थियो। यो ३ महिनाको अवधिमा नगद परिचालन ७.३९ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको ५ महिनामा सरकारी कोषको आकार १९९.८९ प्रतिशतले बढेको छ। गत असारसम्म सरकारी कोषमा ६३ अर्ब ९५ करोड रुपैयाँ थियो । कात्तिकसम्म सरकारी कोषको आकार बढेर १ खर्ब ९१ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ।
प्रतिक्रिया