काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेपमा सामान्य गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुष १० गते बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ६२ अर्ब निक्षेप संकलन भएको छ ।
अघिल्लो दिन बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ६३ अर्ब निक्षेप संकलन भएको थियो । यसरी हेर्दा बैंकिङ्ग प्रणालीको निक्षेप एकदिनमा १ अर्बले घटेको देखिन्छ ।
यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाहरूमा हुने निक्षेप संकलन पनि १ अर्ब रुपैयाँले घटेको छ । पुष ९ गते ५९ खर्ब २५ अर्ब संकलन गरेका वाणिज्य बैंकहरुले १० गते ५९ खर्ब २४ अर्ब निक्षेप संकलन गरेका छन् ।
सो समयमा कर्जा प्रवाहमा सामान्य गिरावट देखिएको छ । पुष ९ गते ५३ खर्ब ४४ अर्ब कर्जा प्रवाह भएकोमा पुष १० गते ५३ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।
समीक्षा अवधिमा वाणिज्य बैंकहरुबाट हुने कर्जा प्रवाहमा पनि १ अर्बको गिरावट देखिएको छ । पुष ९ गते ४७ खर्ब ३४ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले १० गते ४७ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् ।
केन्द्रीय बैंकका अनुसार सो समयमा सीडी रेसियो ७८ दशमलव ८४ प्रतिशत रहेको छ । त्यस्तै, सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ ।
प्रतिक्रिया