पाँच महिनामा ४५ हजार बीमितद्वारा बीमा पोलिसी त्याग, ६ अर्ब १० करोड कोषबाट बाहिरियो

पाँच महिनामा ४५ हजार बीमितद्वारा बीमा पोलिसी त्याग, ६ अर्ब १० करोड कोषबाट बाहिरियो


काठमाडौं – आर्थिक वर्ष २०८१/८२ को मंसिर महिनासम्ममा जीवन बीमा कम्पनीहरूको ४५ हजार ६० वटा बीमालेख सरेन्डर भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार मंसिर महिनासम्ममा भएको बीमालेख समर्पणबापत कुल ६ अर्ब १० करोड ७२ लाख रुपैयाँ बीमा कोषबाट बाहिरिएको हो ।

जीवन बीमा कम्पनीहरूमध्ये एलआइसी नेपालको सरेन्डर सर्वाधिक देखिएको छ । एलआइसी नेपालको ११ हजार ७९३ वटा पोलिसी बराबर १ अर्ब ९३ करोड ३५ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ३१ दशमलव ६६ प्रतिशत हिस्सा हो । नेपाल लाइफको १० हजार ३१७ वटा बीमा पोलिसी बापत १ अर्ब ६७ करोड ९६ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ। जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको २७ दशमलव ५० प्रतिशत हिस्सा रहेको छ ।

त्यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीको ५ हजार ४१० वटा बीमा पोलिसी बापत ५१ करोड ३२ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण भएको हो । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ८ दशमलव ४० प्रतिशत हिस्सा हो । एशियन लाइफको ३ हजार ७५२ वटा बीमा पोलिसी बापत ४० करोड १४ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । नेशनल लाइफको २ हजार ५४१ वटा पोलिसी बापत ३७ करोड ११ लाख रुपैयाँको पोलिसी समर्पण भएको छ ।

आइएमई लाइफको ७६३ वटा बीमा पोलिसी बापत ८ करोड ४३ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । सिटिजन लाइफको ११०८ वटा बीमा पोलिसी बापत ८ करोड रुपैयाँको पोलिसी सरेन्डर भएको हो । प्रभु महालक्ष्मी लाइफको ५४९ वटा बीमा पोलिसी बापत ७ करोड ८० लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । रिलायबल नेपाल लाइफको ७०८ वटा बीमा पोलिसी बापत ४ करोड ४६ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । सन नेपाल लाइफको २९५ वटा बीमा पोलिसी बापत २ करोड ९४ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो ।

सूर्यज्योति लाइफको २ हजार ४८८ वटा पोलिसी बापत ३२ करोड ६४ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ । हिमालयन लाइफको ३ हजार ३३ वटा बीमा पोलिसी बापत २८ करोड ३० लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । मेट लाइफको १५ सय १६ वटा बीमा पोलिसी बापत १७ करोड २३ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । सानिमा रिलायन्स लाइफको ७८७ वटा पोलिसी बापत १० करोड ९५ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो ।