हिमालयन हाइड्रोपावरको आईपीओमा एक हजार ७५८ आवेदन रद्द

हिमालयन हाइड्रोपावरको आईपीओमा एक हजार ७५८ आवेदन रद्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

हिमालयन हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन गरेका १ हजार ७५८ आवेदकको आवेदन रद्द भएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार आईपीओमा आवेदन परेको कुल आवेदक १५ लाख ९५ हजार ५५४ वटा आवेदन मध्ये विभिन्न कारणले १ हजार ७५८ वटा आवेदन रद्द भएको हो । रद्द आवेदनबाट १९ हजार ९३० कित्ता सेयर खरिदका लागि माग भएको थियो ।

रद्द भएका आवेदनमध्ये यस अघि नै स्थानीय बासिन्दाहरुको लागि निष्कासन गरिएको सेयरमा आवेदन दिई बाँडफाँडमा परेका १४७ जना स्थानीय बासिन्दाबाट परेको १ हजार ७२० कित्ता र दोहोरोरतेहोरो आवेदन दिएका १ हजार ६११ वटा आवेदनबाट परेको १८ हजार २१० कित्ता सेयर रद्द भएको हो ।

सेयर खरिदका लागि १५ लाख ९५ हजार ५५४ जना आवेदकहरुबाट १ करोड ७७ लाख ५४ हजार ३०० कित्ता सेयरको लागि दरखास्त प्राप्त भएकोमा आवश्यक भेरिफिकेशन र रुजु पश्चात् १५ लाख ९३ हजार ७९६ जना आवेदकहरुबाट प्राप्त भएको १ करोड ७७ लाख ३४ हजार ३७० कित्ता सेयर बाँडफाँडका लागि योग्य रहेको थियो । यसरी १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिने १ लाख ८३ हजार ४७ जना आवेदकलाई गोलाप्रथा विधि मार्फत १० किता सेयरका दरले (सो मध्ये २ जनालाई २ कित्ताको दरले) सेयर बाँडफाँड गरिएको हो ।

यसरी बाँडफाँड गर्दा रीतपूर्वक आवेदन दिने १५ लाख ९३ हजार ७९६ आवेदकहरुमध्ये १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिने १ लाख ८३ हजार ४७ जना आवेदकलाई गोलाप्रथा विधि मार्फत १० कित्ता सेयरका दरले १८ लाख ३० हजार ४७० सेयर बाँडफाँड गरिएको थियो । तत्पश्चात बाँकी रहेको २ कित्ता सेयरको हकमा २० कित्तादेखि हजार कित्तासम्म आवेदन दिने सफल आवेदकहरुमध्येबाट २ जनालाई १ कित्ताका दरले पूनः गोलाप्रथा विधिद्वारा बाँडफाँट गरी कूल जम्मा १८ लाख ३० हजार ४७२ कित्ता सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

उक्त सेयर मंगलबारका दिन बिहान ८ः३० बजे धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रजिष्टर्र्ड कार्यालय लक्ष्मण बाबु भवन, नक्साल, काठमाण्डौंमा लगानीकर्ता, सञ्चार माध्यमका प्रतिनिधि एवं सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितिमा बाँडफाँड सम्पन्न भएको थियो ।

कम्पनीले असार १५ देखि १९ गतेसम्म प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरको १९ लाख ६८ हजार २५० कित्ता सेयर जारी गरेको थियो । जसमध्ये सामूहिक लगानी कोषलाई ९८ हजार ४१३ कित्ता तथा कर्मचारीहरुको लागि ३९ हजार ३६५ कित्ता सुरक्षित गरि सर्वसाधारणमा
१८ लाख ३० हजार ४७२ कित्ता सेयर खरिदका लागि आवेदन माग गरिएको थियो । उक्त अवधिमा जम्मा १८ लाख ३० हजार ४७२ कित्ता सेयरको लागि सर्वसाधारणबाट दरखास्त आह्वान गरिएकोमा सर्वसाधारणको तर्फबाट आवश्यक भन्दा ९.६९ गुणा बढी सेयर खरिदका लागि माग परेको थियो ।