कर्णाली विकास बैंकमा समस्यापछि विकास बैंकको शेयरमा उच्च गिरावट, २१ अंकले घट्यो नेप्से

कर्णाली विकास बैंकमा समस्यापछि विकास बैंकको शेयरमा उच्च गिरावट, २१ अंकले घट्यो नेप्से

'बैंकिङ्ग समूहको मूल्य ०.८७ प्रतिशतले घट्याे'


काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतबार शेयबर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१ दशलमव १२ अंकले घटेर २,६०९ को विन्दुमा कायम भएको छ । आज ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १७२ कम्पनकिो मूल्य घटेको छ ।

आज दिनभरिमा ३१६ कम्पनीको १ करोड १० लाख ९९ हजार २३९ कित्तमा शेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै प्रभु बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको २६ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको १६ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १५ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । मानुषि लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी, जानकी फाइनान्स, सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । आज १० उपसूचक राताम्य भएका छन् । आज बैंकिङ्ग समूहको ०.८७ प्रतिशत, विकास बैंक समूहको २.६५ प्रतिशत, फाइनान्स समूहको ४.४७ प्रतिशतले शेयर मूल्य घटेको छ ।