मधेशमा नगद ओसार-पसार गर्न ६ महिनामा झन्डै १२ लाख खर्च हुने, न्यू नेपाल ढुवानी सेवालाई ठेक्का

मधेशमा नगद ओसार-पसार गर्न ६ महिनामा झन्डै १२ लाख खर्च हुने, न्यू नेपाल ढुवानी सेवालाई ठेक्का


काठमाडौं – नेपाल राष्ट्र बैंकले मधेश प्रदेशको वीरगञ्ज कार्यालयको कार्य क्षेत्र अन्तर्गत नगद ओसार पसार गर्न न्यू नेपाल ढुवानी सेवालाई ठेक्का दिएकाे छ ।

बैंकले क्षेत्रीय कार्यालय वीरगञ्ज अन्तर्गतका जिल्लाहरूमा नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको क्षेत्रीय तथा शाखा कार्यालयबाट नोटकोष तोडा चलान ओसार पसार गर्न न्यू नेपाल ढुवानी सेवालाई ठेक्का दिएको हो।

बैंकका अनुसार २०८२ असार महिनासम्मका लागि भएको ठेक्कामा मूल्य अभिवृद्धि करसहित सात महिनाको अवधिमा कुल ११ लाख ८८ हजार २ सय रूपैयाँ ढुवानी व्यवसायी कम्पनीलाई भुक्तानी दिने सहमति भएको छ।

ढुवानी व्यवसायीले राष्ट्र बैंकको आवश्यकता अनुसार बस, ट्रक वा जीप उपलब्ध गराउनुपर्नेछ । नेपाल राष्ट्र बैंकले नेपाली सेनाको सुरक्षामा देशैभर नगद ओसार पसार गर्दै आएको छ।