एकैदिन ११ अर्ब रुपैयाँले घट्यो बैंकिङ्ग निक्षेप, कर्जा प्रवाहमा सामान्य सुधार 

एकैदिन ११ अर्ब रुपैयाँले घट्यो बैंकिङ्ग निक्षेप, कर्जा प्रवाहमा सामान्य सुधार 

             ‘कर्जा प्रवाह ४ अर्बले बढ्याे’


काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेपमा भारी गिरावट देखिएको छ ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुष ८  गते बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ५४  अर्ब निक्षेप संकलन भएको छ । अघिल्लो दिन बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ६५ अर्ब निक्षेप संकलन भएको थियो । यसरी हेर्दा बैंकिङ्ग प्रणालीको निक्षेप एकैदिन ११ अर्बले घटेको हो । 

यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाहरूमा हुने निक्षेप संकलन पनि १० अर्ब रुपैयाँले घटेको छ । पुष ७  गते ५९ खर्ब २६ अर्ब संकलन गरेका वाणिज्य बैंकहरुले ८ गते ५९ खर्ब १९ अर्ब निक्षेप संकलन गरेका छन् । 

 सो समयमा कर्जा प्रवाहमा पनि वृद्धि देखिएको छ । पुष ७ गते ५३ खर्ब ३८ अर्ब रूपैयाँ बराबरकाे कर्जा प्रवाह भएकाेमा पुष ८ गते ५३ खर्ब ४१ अर्ब रुपैयाँ प्रवाह भएको छ । 

समीक्षा अवधिमा वाणिज्य बैंकहरुबाट हुने कर्जा प्रवाहमा पनि ३ अर्बको वृद्धि  देखिएको छ । पुष  ७ गते ४७ खर्ब २९ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले ८ गते ४७ खर्ब ३२  अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । 

केन्द्रीय बैंककाअनुसार सो समयमा सीडी रेसियो ७८ दशमलव ९७ प्रतिशत रहेको छ । त्यस्तै, सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ ।