बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएपछि ७० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएपछि ७० अर्ब खिच्दै राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले आज पनि बैंकिङ्ग प्रणालीबाट निक्षेप संकलन उपकरण प्रयोग गरी ७० अर्ब रुपैयाँ तान्ने भएको छ।  केन्द्रीय बैंकले आज पुस १४ गते बैंकिङ्ग प्रणालीबाट एकैपटक ७० अर्ब रुपैयाँ तान्ने भएको हो । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले 

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।

यो २१ दिने निक्षेप संकलन उपकरणको माघ ६ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकले पुस लागेपछि यो चौथो पटक तरलता खिच्न लागेको हो ।  यसअगाडि पुस ३ गते १ खर्ब रुपैयाँ, पुस ७ गते र ९  गते ४० अर्ब रुपैयाँ तानेको थियो ।