संख्या र पुँजी थप्न लागेकोमा स्टक ब्रोकरको विरोध 

संख्या र पुँजी थप्न लागेकोमा स्टक ब्रोकरको विरोध 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली संशोधनका सम्बन्धमा धितोपत्र बोर्डले आफूहरुसँग कुनै परामर्श नगरेको भन्दै स्टक ब्रोकर एसोसिएसनले आपत्ति जनाएको छ । नियमावली संशोधनका लागि तयार गरिएको मस्यौदामा धितोपत्र दलाल व्यवसायीको संख्या तथा पुँजी बढाउने उल्लेख छ । यसरी व्यवसायीको संख्या बढाउँदा प्रतिस्पर्धा भई सेवा विस्तार हुने बोर्डको भनाइ छ । 

तर हाल संचालनमा रहेका धितोपत्र दलाल व्यवसायीको संगठन स्टक ब्रोकर एसोसिएसनले यसमा विरोध जनाउँदै बोर्डमा ज्ञापन पत्र बुझाको छ । मस्यौदा गर्नुपूर्व कुनै सुझाव नलिई अस्वभाविक हतारोमा रातारात ल्याइएको एसोसिएसनको आरोप छ । संचालनमा रहेका व्यवसायीबाट भौगोलिक रुपमा बजार तथा सेवाको विस्तार हुन नसकेको भन्ने आरोप तथ्यहीन रहेको भन्दै एसोसिएसनले धितोपत्र बजारको विकासका लागि आफूहरुले दिनरात काम गरे पनि अहिले विस्थापित हुने वातावण सृजना गरिएको टिप्पणी गरेको छ ।

‘विगत तीन दशकदेखि यस बजारको सारथीका रुपमा रहेका हामी व्यवसायीले ओपन आउट क्राइ, सेमी अटोमेटेड कारोबार प्रणाली हुँदै आजको अनलाइन कारोबार प्रणालीको अवलम्बन र सफल प्रयोगमा नियामक र बजार संचालकलाई पूर्ण रुपमा सहयोग गर्दै आएकै हौं’ बोर्डलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ ‘धितोपत्रको भौतिक प्रमाणपत्र कारोबार हुँदाका विभिन्न झमेला र कामको बोझ सहेर रातभर कार्यालमै बसी राफसाफ कार्यलाई नियमित गरेकै थियौं ।’ धेरै बाधा र व्यवधान सहेर बजारलाई आजको यो अवस्थामा ल्याउन आफूहरुको भूमिका रहे पनि अब व्यवसाय सुधार हुन खोज्दा अरु व्यवसायी थप्ने तयारीले आफूहरुलाई अत्यन्तै मर्माहित बनाएको विज्ञप्तिमा उल्लेख छ ।