काठमाडौं – नेपाली बजारमा यो साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य अघिल्लो दिन अर्थात् शुक्रबारको तुलनामा प्रतितोला १ हजार रुपैयाँले बढेर सुरु भयो । शुक्रबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको मूल्य आइतबार १ हजार रुपैयाँले बढेको थियो ।
आइतबार बढेको सुनको मूल्य सोमबार पनि सामान्य बढ्यो । त्यसदिन सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो । यस्तै, आइतबार र सोमबार बढेको सुनको मूल्य मंगलबार भने स्थिर रह्यो ।
मंगलबार स्थिर रहेको सुनको मूल्यमा बुधबार सामान्य अर्थात् १ सय रुपैयाँको गिरावट देखियो । बुधबार प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार ६ सय रुपैयाँले बढ्यो । यस्तै, शुक्रबार सुनको मूल्यमा चार सय रुपैयाँको वृद्धि देखियो ।
कुन दिन कति थियो सुनको मूल्य ?
आइतबार – एक लाख ४९ हजार छ सय रुपैयाँ
सोमबार –एक लाख ४९ हजार आठ सय रुपैयाँ
मंगलबार – एक लाख ४९ हजार आठ सय रुपैयाँ
बुधबार – एक लाख ४९ हजार सात सय रुपैयाँ
बिहीबार – एक लाख ५० हजार तीन सय रुपैयाँ
शुक्रबार – एक लाख ५० हजार सात सय रुपैयाँ
यो साताको आइतबार र सोमबार सुनको मूल्य बढ्दा मंगलबार भने स्थिर रह्यो । बुधबार सामान्य घटेको सुनको मूल्य बिहीबार र शुक्रबार भने बढ्यो । आइतबार प्रतितोला एक लाख ४९ हजार छ सय रुपैयाँबाट सुरु भएको सुनको मूल्य शुक्रबारसम्म एक लाख ५० हजार सात सय रुपैयाँ पुग्यो । समग्रमा यो साताको सुनको मूल्यमा ११ सय रुपैयाँको वृद्धि देखियो । अघिल्लो साता सुनको मूल्यमा २३ सय रुपैयाँले गिरावट आएको थियो ।






About Us
प्रतिक्रिया