काठमाडौं – यो साता शेयर बजारमा वृद्धि देखिएको छ । गत साताको बिहीबारको तुलनामा यो साताको बिहीबार शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३३ दशमलव ८९ अंकको वृद्धि देखिएको हो । यो साता ४ दिन कारोबार भएको बजार २६ सय ३० दशमलव ७१ को बिन्दुमा बन्द भएको छ । गत साता बजार २५ सय ९६ दशमलव ८२ अंकमा बन्द भएको थियो ।
यो साताको पहिलो कारोबारको दिन आइतबार नेप्सेमा दोहोरो अर्थात् १३ दशमलव ५३ अंकको गिरावट देखियो । आइतबार घटेको परिसूचकमा सोमबार उत्साहजनक वृद्धि देखियो । त्यसदिन बजारमा २८ दशमलव ९१ अंकको वृद्धि देखियो । सोमबार बढेको बजारले मंगलबार पनि सोही क्रम जारी राख्यो । सो दिन बजार १४ दशमलव ३१ अंकले बढेको थियो ।
यो साताको बुधबार भने सरकारले क्रिसमसको अवसरमा सार्वजनिक बिदा दिएकाले शेयर कारोबार भएन । साताको अन्तिम दिन बिहीबार भने बजारमा सामान्य वृद्धि देखियो । बिहीबार परिसूचकमा ४ दशमलव १९ अंकले बढ्यो ।
कुन दिन कति कारोबार ?
आइतबार – ४ अर्ब ५१ करोड रुपैयाँ
सोमबार – ४ अर्ब ४३ करोड रुपैयाँ
मंगलबार – ५ अर्ब २० करोड रुपैयाँ
बिहीबार – ५ अर्ब ३२ करोड रुपैयाँ
सातामा ४ दिन कारोबार भएको बजार आइतबार घट्यो भने सोमबार, मंगलबार र बिहीबार बढ्यो । यो साता समग्रमा १९ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया