काठमाडौं – एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकहरूलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका बिहीबार फिदिम नगरपालिका वडा नं.१. पाँचथरमा १३०औं शाखा र शुक्रबार फुङलिङ नगरपालिका वडा नं.४, ताप्लेजुङमा १३१औं शाखाको सुरूआत गरेको छ ।
यी दुई शाखाको सञ्चालनपश्चात् कोशी प्रदेशमा बैंकको शाखा संख्या २० पुगेको छ । यससँगै देशभर छरिएर रहेका बैंकका सम्पूर्ण शाखा सञ्जालहरूमार्फत आफ्नो सेवा विस्तार गर्न सम्पूर्ण ग्राहकहरूलाई सहज हुने विश्वास बैंकले लिएको छ ।
पञ्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको तथा स्थापनाकालदेखि नै ग्राहकहरूको रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहकहरू छन् । देशैभररि छरिएर रहेका आफ्ना १३१ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरू, १६७ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया