ग्रीन भेन्चर्स र सर्वोत्तम सिमेन्टको शेयर मूल्य नेप्सेमा समायोजन

ग्रीन भेन्चर्स र सर्वोत्तम सिमेन्टको शेयर मूल्य नेप्सेमा समायोजन


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेमा नेप्सेमा सर्वोत्तम सिमेन्ट र ग्रिन भेन्चर्सको शेयर मूल्य समायोजन भएको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण भएको छ । 

सर्वोत्तम सिमेन्टको ७ प्रतिशत बोनस र ग्रिंन भेन्चर्सको १० प्रतिशत बोनस समायोजन गरेको हो। समायोजनपश्चात् सर्वोत्तमको शेयर मूल्य ७१४ रुपैयाँ ६७ पैसा कायम भएको छ भने ग्रिन भेन्चर्सको ५१० रुपैयाँ ४५ पैसा कायम भएको छ।

बिहीबार दोस्रो बजारमा सर्वोत्तमको शेयर प्रतिकित्ता ७६४ रुपैयाँ ७० पैसा र ग्रिन भेन्चर्सको प्रतिकित्ता ५६१ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो।  समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा यी कम्पनीहरूको शेयर कारोबार हुनेछ ।