काठमाडौं – नेपाल धितोपत्र बोर्डले कर्णाली डेभलपमेन्ट बैंकको थप अध्ययन गरी प्रतिवेदन बुझाउन नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको छ। बोर्डले बिहीबार एक सूचना जारी गर्दै कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का गरी सो सम्बन्धमा थप अध्ययन गरी रायसहित प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो।
नेपाल राष्ट्र बैंकले बुधबार बैंकलाई समस्याग्रस्त घोषणा गर्दै व्यवस्थापन नियन्त्रणमा लिएको थियो। याेसँगै नेप्सेले बिहीबार (आज) देखि बैंकको शेयर कारोबार रोक्का गरेको छ ।
धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हितलाई मध्यनजर गरी थप अध्ययन गर्न निर्देशन दिएको हो बाेर्डद्वारा जारी सूचनामा उल्लेख छ। अब राष्ट्र बैंकले सुधारको काम नसकेसम्म उक्त बैंकको शेयर कारोबारमा नआउने नेप्सेले जनाएको छ।
प्रतिक्रिया