काठमाडौं – साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ४ दशलमव १९ अंकले बढेर २,६३० को विन्दुमा कायम भएको छ । आज ७० कम्पनीको शेयर मूल्य बढेको छ भने १६३ कम्पनीको मूल्य घटेको छ ।
आज ३१० कम्पनीको २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै प्रभु बैंकको शेयर कारोबार भएको छ । बैंकको ५० करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको २२ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सपोर्ट माइक्रोफाइनान्सको १५ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । गुराँस लघुवित्तका लगानीकर्ताले ७ दशलमव ३२ प्रतिशतका दरले कमाएका छन् । प्रभु बैंकका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यी ३ बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । आज चार उपसूचकमा हरियाली छाएकाे छ । यसदिन बैंकिङ्ग समूहको १.८१ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.२७ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.१४ प्रतिशत र इन्भेष्टमेन्ट समूहको २.३१ प्रतिशतले शेयर मूल्य बढेको छ ।
प्रतिक्रिया