काठमाडाैं – चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिना (साउन-कार्तिक) हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन १७ अर्ब १७ करोड करोड रुपैयाँ रहेको छ ।
नेपाल बीमा प्राधिकरणकाे तथ्यांकअनुसार समिक्षा अवधिमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने निर्जीवन बीमा कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्याेरेन्स रहेकाे छ । कम्पनीले पाँच महिनामा २ अर्ब १९ करोड रुपैयाँको कुल व्यवसाय गरेको छ ।
दोस्रो नम्बरमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १ अर्ब ७६ करोड रुपैयाँ र शिखर इन्स्योरेन्सले १ अर्ब ७४ करोड रुपैयाँ बराबर कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, साे अवधिमा आइजिआई प्रुडेन्सियल इन्योरेन्सले १ अर्ब ४५ कराेड रूपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
प्रतिक्रिया