काठमाडौं – नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकको शेयर कारोबार रोक्का भएको छ । समस्याग्रस्त घोषणा भएपछि कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का भएको हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीबारदेखि कम्पनीको दोस्रो बजारमा शेयर कारोबार रोक्का हुने ।
केन्द्रीय बैंककाे साे निणर्यसँगै बिहीबारदेखि बैंकको संस्थापकलगायत सबै शेयर कारोबार रोक्का भएको हाे । हाल बैंकको शेयरमूल्य प्रतिकित्ता ८१० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो। राष्ट्र बैंकले बुधबार बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम नेपालगञ्ज, बाँके केन्द्रीय कार्यालय रहेको उक्त विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो । समस्याग्रस्त घोषणा भएसँगै नेपाल राष्ट्र बैंक ऐनको दफा ८६ ग बमोजिम कर्णाली विकास बैंकको व्यवस्थापन समेत केन्द्रीय बैंकले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया