काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को चार महिनामा (साउन–कात्तिक) सम्म खुद सेवा आय २२ अर्ब करोड बढीले घाटामा रहेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार चालु आवको चार महिनामा खुद सेवा आम्दानी २२ अर्ब ९५ करोडले घाटामा रहेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २७ अर्ब ८९ करोड रुपैयाँले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ३.८ प्रतिशतले वृद्धि भई २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २५ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय १०।३ प्रतिशतले वृद्धि भई ६८ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।
यसमध्ये शिक्षातर्फ व्यय ३७ अर्ब ७२ रुपैयाँ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ६१ अर्ब ९२ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय ३८ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया