१० महिनामा जीवन बीमा कम्पनीले गरे ६२ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन

१० महिनामा जीवन बीमा कम्पनीले गरे ६२ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन


बैकिङ्ग समाचार ।

चालु आर्थिक वर्ष २०७६/०७७ को १० महिनामा जीवन बीमा कम्पनीहरुले ६२ अर्ब ७९ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन ।

बीमा समितिका अनुसार वैशाख महिनासम्ममा उक्त प्रिमियम संकलन गरेका हुन ।

विश्वभर फैलिएको कोरोना भाइरस र त्यसका कारण नेपालमा भएको लकडाउनको कारण जीवन बीमा कम्पनीको प्रिमियम संकलनमा पनि सुस्तता आएको छ ।

चैत ११ गतेदेखि नै सरकारले गरेको लकडाउनको असर जीवन बीमा कम्पनीहरुमा पनि देखिएको छ ।

जीवन बीमा कम्पनीहरुले वैशाख महिनामा मात्रै १ अर्ब ३५ करोड रुपैयाँ प्रिमिय संकलन गरेका बीमा समितिले जनाएको छ । सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीले उक्त रकम संकलन गरेका हुन् ।

समितिका अनुसार वैशाख महिनासम्ममा जीवन बीमा कम्पनीहरुले २१ अर्ब ५३ करोड प्रथम बीमा शुल्क आर्जन गरेका छन भने नविकरण मार्फत ४१ अर्ब ५३ करोड रुपैयाँ संकलन हुँदा वैदेशिक रोजगार बीमा शुल्क १ अर्ब ७० करोड रुपैयाँ संकलन भएको छ । वैशाख महिनामा यो अंक शुन्य रहेको छ ।

लकडाउनको कारण नयाँ बीमा हुन सकेको छैन भने नविकरण भने केही भएको देखिएको छ ।

बीमा समितिको अनुसार वैशाख मसान्तसम्ममा सबैभन्दा बढी १९ अर्ब २० करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । वैशाखमा मात्रै ५० करोड रुपैयाँ मात्रै प्रिमियम संकलन गरेको छ । लकडाउनको कारण प्रिमियम संकलनमा गिरावट देखिएको छ ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन रहेको छ । कर्पोरेशनले १० अर्ब ३८ करोड रुपैयाँ प्रिमियम संकलन गर्दा वैशाखमा कुनै पनि रकम संकलन गर्न सकेको छैन ।

तेस्रोमा सरकारी स्वामित्वमा राष्ट्रिय बीमा संस्थान रहेको छ । संस्थानले वैशाखसम्ममा ६ अर्ब रुपैयाँ प्रिमियम संकलन गर्दा वैशाख महिनामा १ करोड रुपैयाँ मात्रै प्रिमियम संकलन भएको छ । नेशनल लाइफले ५ अर्ब ७६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

एशियन लाइफले ३ अर्ब १६ करोड रुपैयाँ संकलन गरेकोमा वैशाख महिनामा ६ करोड रुपैयाँ मात्रै संकलन गरेको छ यस्तै यूनियन लाइफले ३ अर्ब ३९ करोड, मेट लाइफ १ अर्ब ४६ करोड, गुँरास लाइफ १ अर्ब ३९ करोड, आईएमई लाइफले ९० करोड, सनलाइफले ८६ करोड, रिलायन्स ८३ करोड, सानिमा लाइफले ५९ करोड, प्रभु लाइफले ५३ करोड र सबैभन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्सले ४२ करोड रुपैयाँ प्रिमियम संकलन गरेको बीमा समितिले जानकारी गराएको छ ।

कोरोनाको असर बीमा कम्पनीहरुमा चैत महिनादेखि नै सुरु भएको थियो । जसका कारण चैत महिनामा वैदेशीक रोजगार म्यादी बीमा भएको थिएन, त्यो क्रम वैशाखमा पनि दोहोरिएको छ ।