बैंकिङ्ग समाचार, काठमाडौं ।
भारतीय अटोमेकर कम्पनी महिन्द्रा एन्ड महिन्द्रामा ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनीले २५० मिलियन डलर अर्थात् नेरु. ३१ अर्ब बढी लगानी गर्ने भएको छ ।
महिन्द्रा एन्ड महिन्द्राले विद्युतीय सवारी साधनको उत्पादन वृद्धि गर्नका लागि नयाँ विद्युतीय सवारी कम्पनी निर्माण गरेको छ । बीइइले कम्पनीको भ्यालुयसन ९.१ बिलियन गरी उक्त लगानी गरेको हो । नयाँ कम्पनीमा बीइइको हिस्सा ४.८ प्रतिशत हुने छ भने कम्पनी सञ्चालन महिन्द्रा एन्ड महिन्द्राकै नेतृत्वमा हुनेछ ।
बीइइले लगानी गरेको खुलासा भएसँगै महिन्द्रको सेयर ५.४ प्रतिशतले वृद्धि हुँदा अहिले सम्मकै उच्च १ हजार १ सय ९४ दशमलब ९ पैसा प्रति कित्ता हुन पुगेको छ।
महिन्द्राले बीइइबाट प्राप्त रकमले विद्युतीय एसयुभीको उत्पादन बढाउने र उत्पादन बढाउनको लागि आपूर्ति व्यवस्थापन गर्ने जनाएको छ ।
महिन्द्रा अटो एन्ड फार्म सेक्टरका कार्यकारी निर्देशक राजेश जेजुरिकरले उक्त सहयोगबाट सन् २०२७को अवधिमा विद्युतीय एसयुभी कारहरुको संङ्ख्या २० देखि ३० प्रतिशतले वृद्धि हुने बताएका छन् ।
प्रतिक्रिया