शुक्रबारको सेयर बजार राताम्मे, २ हजारबाट तल झर्यो परिसूचक

शुक्रबारको सेयर बजार राताम्मे, २ हजारबाट तल झर्यो परिसूचक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

शुक्रबारको सेयर बजार राताम्मे देखिएको छ । बजारमा नेप्से परिसूचक ३४.७१ अंकले घटेर १९९२.६१ बिन्दुमा पुगेको छ । जुन एक साताको तुलनामा न्यूनतम बिन्दु हो भने अघिल्लो दिनको तुलनामा १.७१ प्रतिशतले घटी हो ।

शुक्रबारको बजारमा दुई घण्टा मात्रै सेयर कारोबार खुल्ने गरेको छ । यो अवधिमा कूल १ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ५५ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जसमध्ये जीवन बीमा समूह सबैभन्दा बढी अर्थात १९३.०७ बिन्दुमा झरकेो छ । सबैभन्दा बढी प्रतिशतले गुमाउनेमा हिमालय उर्जा विकास कम्पनीका सेयरधनी रहेका छन् । कम्पनीको सेयर मूल्य एकैदिन ५.४४ प्रतिशतले घटेर प्रतिकित्ता २२६ रुपैयाँमा झरेको छ ।