परिसूचक दोहोरो अंकले बढ्दा ५ अर्बकाे काराेबार

परिसूचक दोहोरो अंकले बढ्दा ५ अर्बकाे काराेबार

‘बैंकिङ्ग समूहको मूल्य ०.७६ प्रशितले बढ्यो’


काठमाडौं– साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोहोरो अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक  १४ दशमलव ११ अंकले बढ्दा बजार २६ सय २६ दशमलव ३१ को बिन्दुमा बन्द भएको छ । आज दिनभरिमा ३१२ कम्पनीको १ करोड २७ लाख ४६ हजार ४१० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २० करोड माथिको शेयर कारोबार भएको छ ।

आज १६७ कम्पनीको मूल्य बढ्यो भने ७१ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको हो । आज यस कम्पनीको २० करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जोशी हाइड्रोको १९ कुरोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको ९ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त, गुराँस लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । न्यादी हाइड्रोका लगानीकर्ताले ८ दशलमव ६० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।आज ११ उपसूचकमा हरियाली आएको छ । यसदिन बैंकिङ्ग समूहको ०.७६ प्रतिशत, विकास बैंक समूहको १.७५ प्रतिशत, फाइनान्स समूहको १.६२ प्रतिशतले शेयर मूल्य बढेको छ।