काठमाडौं – कृषि विकास बैंक लिमिटेडले क्रिसमस डे को दिन पनि सबै शाखाबाट पूर्णकालिन सेवा प्रवाह गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै क्रिसमस पर्वको अवसरमा भएको सार्वजनिक बिदाको दिनमा पनि सेवा दिने भएको हो ।
‘बुधवारका दिन क्रिसमस पर्वको सार्वजनिक विदाको दिनमा पनि यस बैंकका सम्पूर्ण शाखाहरुबाट पूर्णकालिन रुपमा सेवा प्रवाह हुने व्यहोरा जानकारी गराउदछौं’ बैंकले जारी गरेको सूचनामा भनेको छ ।
प्रतिक्रिया